Press ESC to close

रविको मुद्दाको आदेशमा सर्वोच्चले त्रुटि सच्यायो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको त्रुटि सच्याइएको । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासबाट शुक्रबार जारी आदेशमा गल्ती भेटिएकोले आइतबार आफ्नै इजलासमा त्यसलाई सुधार गरिएको हो।

सर्वोच्च अदालतले उच्च अदालतको निर्णयलाई सदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। तर, सार्वजनिक गरिएको लिखित आदेशमा त्रुटि भेटिएपछि त्यसलाई सच्याउन आइतबार सुनुवाइको समय तोकिएको थियो।

सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले ‘आदेश’ भन्नुको सट्टा ‘फैसला’ हुनुपर्ने भएकाले लिखित कागजातमा आवश्यक सुधार गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *